खेलकुद

चितवन र धनगढीको दोस्रो जीत

कास्की । कात्तिक ९ गतेदेिख पोखरा रङ्गशालामा जारी पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिता दुई खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् ।
समान चार खेल खेलिसकेका दुवै टोलीका लागि जीत दोस्रो हो । प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ । टस जीतेर ब्याटिङ रोजेको धनगढीले कप्तान दीपेन्द्रसिँह ऐरीको ५६ रनको योगदानबाट चार विकेटको क्षतिमा १६१ रन बनाएको थियो । बुटवलले जीतका लागि मैदानमा उत्रिदा पूरै ओभर खेल्दै छ विकेट गुमाई १४१ रनमा समेटीएको थियो । बुटवलका चिराग सुरीले ५४ बलमा १२ चौका र एक छक्कासहित ७९ रनको योगदान दिलाए पनि टिमलाई जीतलाई जिताउन सकेनन् ।
यसअघि भएको आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गरेको थियो । टस हारेर पहिला ब्याटिङ पाएको चितवनले २० ओभरमा ५ बिकेट गुमाउँदै १४९ रनको योगफल तयार गरेको थियो । चितवनलाई विजयी बनाउन ओपनरका रुपमा आएका हरिशङ्र शाहले ६० रन बनाउदै शसक्त ब्याटिङ गरेका थिए । शाहको अर्धशतकको मद्दतले चितवनले बुधवारको खेल जितका लागि सफलता दिलाएको थियो । खेल जित्नका लागि १५० रनको लक्ष्य पछ्याएर ब्याटिङमा आएको काठमाडौंले पूरै ओभर खेल्दै नौ बिकेट गुमाएर १३६ रन बनायो । काठमाडौँका गौरव तोमारले ३५ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३९ रन बनाए ।