लुम्बिनी

निष्पक्ष र छिटोछरितो सेवा प्रवाह गर्नु सबैको प्रमुख दायित्व: न्यायाधीश सुवेदी

दाङ । उच्च अदालत प्रदेश नं ५ का मुख्य न्यायाधीश नहकुल सुवेदीले नागरिकलाई निष्पक्ष र छिटोछरितो सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व भएको बताए । अफिसर्स क्लब तुलसीपुरका मुख्य संरक्षक उनले आज नवआगन्तुक कार्यालय प्रमुखको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा राज्यले तोकिएको जिम्मेवारीलाई सक्रिय भएर बहन गर्न कार्यालय प्रमुखलाई निर्देशनसमेत दिए ।

“राज्यले तोकेको कामलाई कुशलतापूर्वक सबैले गरौँ, सकिन्छ भने थोरै समय व्यवस्थापन गरी सामाजिक सेवामा लगाउँदा आफूलाई नै समाजप्रति अझ बढी अपनत्व महसुस हुन्छ” उनले भने । सो अवसरमा क्लबले उच्च अदालतका रजिष्ट्रार श्रीलाल पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय प्रमुख आनन्द सारु, प्रदेश नं ५ का प्रहरी प्रमुख पीताम्बर अधिकारीलगायतलाई स्वागत गरेको थियो ।