स्वास्थ्य

चिसो याममा देखिने ६ बिशेष स्वस्थ्य समस्या, यस बाट कसरी बच्ने ?

काठमाडौ । केहि लिन यता देखि चिसो एकदमै बढिरहेको छ, बिहानबेलुका निकै चिसो बढ्न थालेकोले यसबाट जोगिनु उपयुक्त हुन्छ । प्रायः जाडोयाममा विशेष गरि समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो । ६ बिशेष स्वास्थ्य समस्या र यसबाट बच्ने उपाई तल उल्लेख गरिएको छ ।

चिसो याममा देखिने ६ बिशेष स्वस्थ्य समस्या ः

श्वासप्रश्वासको समस्या
विशेष गरि यो समस्या ६५ काटेका बूढाबूढीमा देखिन्छ । अझ प्राय गरेर पहिले देखि नै स्वासप्रस्वासको रोग भएका वृद्धवृद्धाका लागि जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम बढ्छ र यसले अन्य धेरै समस्याहरू पनि निम्त्याउँछ । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ । त्यसैले जाडो याममा बूढाबूढीलाई चिसोबाट जोगाउनु नै उत्तम हुन्छ ।

रुघाखोकी
जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने । उनीहरूले प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्ने, शरिरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल संक्रमणबाट बच्न सकिन्छ । त्यसैले समय समयमा तातो, झोलिलो तरल पदार्थको सेवन गर्नु निकै उत्तम हुन्छ । जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन अस्वस्थकर मानिन्छ ।

निमोनिया
यो धेरै जसो दुई वर्ष भन्दा कम उमेरका बच्चाहरू र बूढाबूढीमा देखिने रोग हो । यो एक प्रकारको छातीमा हुने संक्रमण हो । यो रोग पनि भाइरस, ब्याक्टेरिया, फंगसकै संक्रमणकै कारण हुन्छ । यो अन्य मौसममा पनि देखा पर्न सक्छ । तर, जाडोयाममा भने यसले अलिक धेरै उग्र रुप लिन्छ । किनभने यो स्वासप्रस्वास, रुघाखोकी सबैलाई साथै लिएर आउँछ र उपचारलाई झन् जटिल बनाइ दिन्छ ।

हाइपोथर्मिया
जाडोयाममा बाहिरको मौसमलाई बेवास्ता गरेर मनलागि गरे हाइपोथर्मिया हुने सम्भावना धेरै रहन्छ । हाइपोथर्मिया आफैँमा रोग भने होइन । तर, यसले विभिन्न प्रकारको स्वस्थ्य समस्या भने निम्त्याउन सक्छ । हाइपोथर्मिया भनेको आफ्नो शरिरले उत्पादन गर्न सक्ने ताप भन्दा छिटो त्यो ताप शरिरबाट बाहिरिनु हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा वा चिसोको सम्पर्कमा धेरै समय रहँदा यो आपतकालिन समस्या उत्पन्न हुन । सक्छ । यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरा सम्म रहन्छ ।

फस्र्टबाइट
यो समस्या भने विशेष गरेर हिँउ नै पर्ने ठाउँमा देखिन्छ । शरिरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । त्यसैले शरिरलाई हिँउ वा चिसो वस्तुबाट जोगाउनु नै राम्रो हुन्छ । यदि धेरै नै नराम्रो सँग फस्र्ट बाइट भएमा उक्त ठाउँलाई चिरेर नै फाल्नु पर्ने अवस्था पनि आउन सक्छ । यो खास गरि हिमाली क्षेत्रमा बस्ने मानिसको हात–गोडा देखिन्छ ।

कार्बनमोनो अक्साइड पोइजनिङ
यो जाडोयाममा खास गरि आफ्नो लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्याल ढोका सबै ढाम्ढुम पारेर आगो ताप्नु हाम्रो वरपर सामान्य कुरा हो । तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावै नछिर्ने गरि ढामढुम पारेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइ अक्साइड वा कार्बन मोनोअक्साइड भन्ने ग्याँसको मात्र बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरिरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ ।

जाडोमा स्वस्थ रहन के गर्नु पर्छ ?

– जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै फाइदा हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।
– बन्द कोठा भित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।
– तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।
– भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने ।
– मौसमी फलफुल विशेष गरेर भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।
– स्वासप्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहने ।
– बालबालीकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।
– जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।
– हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले लिप केयर, कोल्ड क्रिम वा मोस्चुराइजर क्रिमको प्रयोग गर्ने ।
– मद्दपान अत्यधिक मात्रामा गर्ने गर्दछन्, जसले स्वास्थ्यमा डाईरेक्ट प्रभाव पारिरहेको हुन्छ ।
– मोटरसाइकल चलाउदा बाक्लो ज्याकेट वा वाटरप्रुफ ज्याकेट लगाएर यात्रा गर्नु उपयुक्त हुन्छ ।