बाग्मती

गैँडा मृतावस्थामा फेला

कावासोती । नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्युको कारणले भएको भन्ने बारेमा अझै यकिन नभएको बताए ।

चिकित्सकको टोली गैँडा मरेको स्थानमा पुगेको र शवपरीक्षणपछि मृत्युको कारण यकिन हुने सहायक संरक्षक अधिकृत अर्यालले बताए। दुई वटा गैँडा जुधेर घाइते भएर सो गैँडा मरेको हुनसक्ने उनले बताए ।