समाचार

राष्ट्रपति भण्डारी आज साँझ स्वदेश फर्कँदै

कतार । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कँदै छन् । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आउनुभएको हो । कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिरलगायत यहाँका सरकारी उच्च अधिकारीको भेटवार्ता भएको थियो ।

उनले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमणसमेत गरिन् । राष्ट्रपति भण्डारीका साथ उनीसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कँदैछ ।