आर्थिक

लगानीकर्ताहरुका लागी खुशीको खबर, माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको शेयर खुल्ला

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको शेयर सर्वसाधारणका लागि खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ दरका एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निस्काशन गरिएको छ ।

आईपीओमा ५० कित्तादेखि एक हजार कित्तासम्म गर्न सकिने कम्पनीले जनाएको छ । आईपीओमा आउँदो सोमबारसम्म आवेदन दिन सकिने विक्रि प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । ‘मेरो सेयर’ प्रयोगकर्ताले अनलाइन (meroshare.cdsc.com.np) बाटै आवेदन दिन सक्नेछन्।

४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना तामाकोशी दोलखाको लामाबगरमा निर्माण भइरहेको जलविद्युत आयोजना हो । स्वेदेशी लगानीमै बनिरहेको आयोजना निर्माणको समय लम्बिदा लागत भने ३५ अर्बबाट बढेर ७० अर्बको हाराहारी पुग्ने अनुमान गरिएको छ ।
यही पुसदेखि उत्पादन सुरु गर्ने लक्ष राखिए पनि आयोजनाबाट अर्को वर्षको कात्तिकदेखि मात्र व्यवसायिक विजुली उत्पादन सुरु हुने भएको छ ।