प्रदेश 2

चार केजी गाँजासहित एक जना पक्राउ

काभे्रपलाञ्चोक । पनौती नगरपालिका–४ ऐरी गाउँ बस्ने ६४ वर्षका रुद्रबहादुर तामाङलाई चार केजी ९९५ ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले तामाङको घरमा बुधबार राति खानतलासी गर्दा कोठाभित्र टाङ बनाई धोक्रोभित्र बेरी राखेको अवस्थामा गाँजा बरामद गरिएको बताए ।

उनले तामाङको घरटहरामा अवैध रूपमा गाँजा सेवन तथा बिक्री वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा खानतलासी गरिएको जानकारी दिए ।