समाचार

शिक्षण अस्पतालद्वारा प्रेस विज्ञप्ति जारी, छिट्टै डिस्चार्ज हुदैँ प्रधानमन्त्री

काठमाडौं । बढ्दो चिसो सगै छातिमा संक्रमण देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी समेत भईरहेको छ ।
अस्पतालले आज विहीबार बिहान १० बजे प्रेस विज्ञप्ति जारी गरेको छ, सो विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था निकै सन्तोषजनक रहेको , ल्याव टेस्ट पछि ‘रगतको रिपोर्ट सामान्य देखिएको बताईएको छ, साथै छिट्टै सामान्य स्थितिमा फर्किने समेत उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओली चार दिनअघि त्रि.वि. शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली ओलीको उपचारकालागी खटिएका छन् ।