प्रवास

अमेरिकामा यसरी मनाए नेपालीहरु समेतले हालोविन पर्व 

अमेरिका । प्रत्येक बर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व -२०१८ हर्सौल्लास साथ नेपाली समुदायले पनि मनाएका छन् ।
अमेरिकामा विभिन्न राज्यमा समय फरक भएको कारण अगाडी र पछाडी मनाउने क्रम जारी रहेको छ । नेपालीहरुको महान चाड दशैँ मनाएर सकेका नेपाली समुदायले नजिकै आउदै गरेको तिहार अगाडी हालोविन पर्वलाई हृदय देखि नै स्वागत गर्दै अमेरिकामा जन्मेका दोश्रो पुस्ता तथा छोराछोरीको साथमा अभिभावक सहितले हालोविन पर्व मनाएका छन् । 
 
आफ्नो चाड पर्व साथै अमेरिकामा मनाइने ईसाई पर्व ( क्रिसमस )थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस )सहित हलोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले मनाउन सुरु गरेका छन् । 
 
नेपालीहरुले तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हालोविन हलोविन पर्व मनाएका छन् l साथै ह्यापी हालोविन भन्ने पनि चलन छ । यसरी बिदेशीहरुले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउमा हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् l
 
प्रायजसो कालो रंगको पोशाक अधिकांश देखिएता पनि विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाकमा आएका बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई बाढेका छन् l हेलोविन खेल्न आउनेलाई पैसा दिनु पर्दैन । 
 
बालबालिका तथा किशोरकिशोरीले मिठाई माग्ने गर्छन l यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि साथमा जाने चलन छ र जानु पर्छ ।
 
घरबेटीले अन्य खाने कुराहरु दिनु पर्दैन l नेपालको तिहारको समय र हेलोविनको समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ l बालबालिकाले पहेला ,निला ,काला ,सेता बस्त्र ,भूतप्रेत झैँ ,होलिका ,मुकुण्डो ,नकाव ,भोजमा लगाईने बिशेष पोशाकमा घर ,बजार तथा ठुला ठुला बिशाल बजारमा गएर मिठाई मागी मनोरंजन गर्दछन l
 
 
हालोविन के हो ? र किन मनाइन्छ ? :
 
हालोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरुमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो। हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।
 
गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ ।
 
यो चाड मनाउने देशको संख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।
 
हालोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो l यो आत्मा दिवस को पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ l
 
अमेरिकामा २०१८ को हालोविनमा करिव ९ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । झन्डै १७ करोड अमेरिकनहरूले हालोविनमा सहभागिता हुने अड्कल छ । साथै आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षित संग हालोविनमा सहभागी हुने ,कसरी सडक काट्ने आदी बारेमा पनि जानकारी गराईएको छ । यदी मुख्य बजार भित्र खेल्ने हो भने र बाटो काट्दा चम्किलो लुगा लगाउन समेत जानकारी गराइएको छ । 
 
ईशाई दिवस (क्रिसमस) र धन्यवाद दिवस (थाङ्क्स गिभिङ्ग ) पछिको सबै भन्दा खर्चिलो पर्वमा हालोविन पर्दछ । एक आंकडा अनुसार एक व्यक्तिले कम्तिमा औसतमा १ सय डलर हालोविनमा खर्च गर्ने जनाएको छ । हालोविनमा घर बाहिर ,भित्र सजावट ,बालबालिकालाई लुगा कपडाको साथै अभिभावकहरु पनि सजावटको साथमा हिड्न थालेका छन् । 
 
हालोविन खेल्दा १२ बर्ष मुनिका भएमा अनिवार्य रुपमा अभिभावक साथमा हिड्ने गर्छन । र यदि बालबालिका परिपक्व छ भने पनि आफ्नो नजिकका छर छिमेकि वरपर मात्र खेल्न सुझाव गर्दछन ।