राजनीति

‘मुसलमान समुदाय काङ्ग्रेसको मेरुदण्ड’– केन्द्रीय सदस्य कार्की

इनरुवा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदाय नेपाली काङ्ग्रेसको मेरुदण्डका रुपमा रहेको बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज नेपाल मुस्लिम सङ्घको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कार्कीले विभिन्न आन्दोलनमा मुस्लिम समुदायको भूमिका महत्वपूर्ण रहँदै आएको धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले मुसलमानको अधिकारका सवालमा प्रदेश सरकारमा आवाज उठाउने प्रतिबद्धता जनाए । सो आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई काङ्ग्रेस नेता मीन विश्वकर्माले प्रशिक्षण दिएका थिए ।