समाचार

प्रधानमन्त्री ओलीलाई अझै केहीदिन अस्पतामा नै राखेर उपचार गर्नुपर्छ- डा. शायमी

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केहीदिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने उनको उपचारमा संलग्न चिकित्शकले बताएका छन् । अस्पतालले जानकारी दिन साँझ गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. अरुण सायमीले भने प्रधानमन्त्रीलाई पुनः रोग नदोरियोस भन्ने हेतुले अझै केहीदिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्छ ।
अस्पतालका अनुसार प्रधानमन्त्रीले आज सभामुख कृष्ण बहादुर महरा, रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा भेटेका छन् । डा. सायमीका अनुसार टेटघाट गर्न दिईएकाहरुलाई समेत टाढाबाटमात्र अनुमति दिईएको छ । एन्टिवायोटिक औसधी बिहीबार सकिएपछि बिरामी प्रधानमन्त्रीले मुखले औषधी खाने र त्यसपछि बिस्तारै ठीक हुने बताईएको छ । प्रधानमन्त्री ओली सोमबारदेखी त्रिबि शिक्षण अस्पताल मनमोहन कार्डियोलोजी बिभागमा उपचारत छन् ।

नेता कार्यकर्ता तथा सर्बसाधारणलाई भेट्न मंगलबारबाट अस्पतालले रोक लगाएको हो ।