प्रदेश 2

स्वतन्त्रता सेनानी गुप्ताको निधन

वीरगञ्ज । विसं २००७ देखिका विभिन्न आन्दोलमा भाग लिएका स्वतन्त्रता सेनानी ९४ वर्षीय हरिहर गुप्ताको आज निधन भएको छ । विसं २०१० मा बिपी कोइरालासँगै निर्वासित जीवन बिताई मेलमिलापको अवसरमा स्व कोइरालासँगै नेपाल प्रवेश गरेका गुप्ता केही दिनदेखि मिर्गौला तथा हृदय रोगबाट पीडित भई वीरगञ्ज हेल्थ केयरमा उपचार गराई रहेका थिए । तीन छोरा र तीन छोरीका पिता गुप्ताको आजै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।