समाचार

सभामुखद्वारा तुलाधरको स्वास्थ्यबारे जानकारी

काठमाडौँ । सभामुख कृष्णबहादुर महरा आज थापाथलीस्थित नर्भिक अस्पताल जानु भई त्यहाँ उपचाररत वरिष्ठ मानवअधिकारकर्मी एवं पूर्वमन्त्री पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए । न्युरो अस्पतालबाट तुलाधरलाई मङ्गलबार रिफर गरी नर्भिक अस्पतालमा लगिएको थियो । सो अस्पतालका चिकित्सकद्वय आरके अग्रवाल र राजीव झालगायतका समूह उनको उपचारमा संलग्न थिए ।

सो अवसरमा सभामुख महरालाई उपचारमा संलग्न चिकित्सकले तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए । उपचारमा कुनै कमी हुन नदिन सो अवसरमा सभामुख महराले चिकित्सकसँग आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको सभामुख महराको निजी सचिवालयले जनाएको छ ।