राजनीति

प्रधानमन्त्री ओली उखान–टुक्का भनेर जनतालाई भ्रमित गर्ने गफाडी हुन्ः डा. भट्टराई

काठमाण्डौ । नयाँशक्ती पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गफाडी प्रधानमन्त्रीको संज्ञा दिएका छन् । बुधबारदेखी नयाशक्ती पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौको बबरमहलमा आफ्नो राजनीतिक प्रतिबेदनमा नेकपाका अध्यक्ष समेत रहेका ओली फुर्के, दम्भी र गफाडी भएको दाबी गरेका हुन् ।

डा भट्टराईले उनको स्वभाबको चर्चा गर्दै ‘ओलीको स्वभाव नै फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी देखिएको छ । अनेक बिङ्गा र उखान टुक्का भनेर जनतालाई भ्रमित गर्न सक्नुनै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट उनी ग्रसित देखिन्छन्’ भनेका छन् ।

नयाँशक्ती पार्टीको गती दिन शुरु गरिएको संघीय बैठकमा प्रश्तुत गरिएको प्रतिबेदनमा पुरानो लोकतान्त्रीक पार्टी नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्बाह गर्न नसकेको आरोप लगाउदै ओली सरकारले हावा कुरा गरेर हिडेका कारण आफ्नै कार्यकर्ताबाट आलोचित हुन थालेको डा. भट्टराईको ठहर छ ।

घर घरमा ग्याँस पाईपको कुरा गर्ने प्रधानमन्त्री ओली बिरुद्ध अभिब्यक्ती दिंदै ‘घरघरमा ग्यास पाइप पुर्‍याउने योजना उनी दुई चार घरको गोवर ग्यास उद्घाटन गरेर तुष्टिकरण गर्दैछन् । केरुङ–काठमाडौं–लुम्बिनी रेलवेको बचन उनी फेसबुकमा जयनगर जनकपुर रेलवेको फोटो पोष्ट गरेर भुलाउन खोज्दैछन् ।’ भन्ने आरोप पूर्ब प्रधानमन्त्री समेत रहेका डा भट्टराईको छ ।
प्रतिबेदनमा पछिल्लो समयमा नेकपा आफ्नो ब्यक्तीगत स्वार्थका लागी जेपनि गर्न तयार रहेको देखिएको भन्दै स्वार्थ समूहको प्रभाब उदाँगो भएको बताईएको छ । साथै डा. भट्टराईले ओली सरकारले सामान्य लोकतन्त्रका मूल्य मान्यताका समेत पालना गर्न नसकेको आरोप लगाएका छन् ।