राजनीति

देशलाई समस्या पर्दा सबैले तरुण दललाई सम्झिनुस, काँध थाप्न तयार छौंः अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कञ्चनपुरकी बालीका निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधी पत्ता लगाउन ओली सरकारका मन्त्रीहरुलाई समेत छानबिन गर्नुपर्ने बेला आएको बताएका छन् ।
आफू नेबिसंघको महामन्त्री समेत भएको बताउदै पोखरा महाधिवेशनबाट सबैसम्मतीबाट तरुण दलको अधयक्षको जिम्मेवारी पाएअनुसार आफूले जिम्मेवारी पुरा गर्न सफल रहेको बिचार ब्यक्ती गरेका छन् । पार्टीभित्र गुटबन्दी भएपनि तरुण दलमा गुटबनदी नभएको जिकीर गर्दै फरक फरक नेताहरुले प्रस्ताव गरेपनि आफूहरु पिनर्बाचित प्रकृयाबाट नै आएको दाबी गरेका छन् ।
आफू तरुण दलको ब्याकग्राउण्डको नभएको भएपनि पहिले नेबिसंघको सभापति हुन बिभिन्न कुराहरुले नमिलेपनि सभापति देउवा लगायतका ठूला नेताहरुले तिमीले तरुण दलको नेतृत्व लिनुपर्यो भन्ने प्रश्ताव राखेपछि आफू पार्टीको आवश्यक्ता अनुसार ब्याकबोनको रुपमा तरुण दललाई सकृय बनाउन तयार रहेको बताएका छन् ।
तरुण दलको ६५ औं बार्षिकोत्शव कार्यक्रमका अवशरमा एक टेलिभिजनसँगको अन्तरवार्तामा बोल्दै उनले तरुण दलको अध्यक्ष भएको बेला कत्तिको राम्रो काम गरेको छु भन्ने ईतिहासले बताउने र नकारात्मक रुपमा मात्र सोच्न नहुने बिचार ब्यक्त गरेका छन् ।
एमालेका भातृसंस्थाहरुलाई चुनौती दिदै उनको बाढीपहिरो जाँदा एनजीओ भन्दा अगाडी जिन्सीमात्र नभएर रकम नै उपलब्ध गराएको बताउदै युवासंघ लगायत काँग्रेसका अन्य भातृसंस्थाहरुले समेत तरुण दलले जति काम गर्न नसकेको छ ।

काँग्रेसको महासमिति बैठकपछिमात्र ४ जनाबाट कार्यसमिति पुरा गर्ने जानकारी दिर्दै केपी ओली प्रधानमन्त्री भएपछि संबिधान मिचिन शुरु भएको बताउदै प्रधानमन्त्री ओली प्रधानमन्त्री बन्नु नै असंबैधानीक भएको बिचार ब्यक्त गरेका छन् ।

अहिलेका मीडिया बर्तमान सरकारले गरेका गलत कृयाकलापका बिरुद्धमा बोल्न डराएको बताउदै तरुण दलबाहेक अरु सडकमा उत्रेर गलत कुराको बिरुद्धमा बोल्न नसक्ने ठोकुवा गरेका छन् । टिकट बितरणमा, नियुक्ती लगायतमा गलत कृयाकलापको आरोप लागेको भन्दै गलत भए, अन्तरघात भए काँग्रेसले सच्याएर लानुपर्ने उनको तर्क छ ।
तरुण दलले आन्दोलन गर्ने भनेपछि सरकार डराएर निशेधाज्ञा जारी गर्ने गरेको बताउदै राष्ट्रसभामा तीनजना नियुक्ती बदरका बिरुद्ध, महंगीका बिरुद्धमा रत्नपार्क जाँदा, माईतीघरबाट न्यायपालीकाको स्वतन्त्रता, वाक स्वतन्त्रताका पक्षमा आन्दोलन गर्दा निशेधाज्ञा गरेको उदाहरण ताजै छन् ।
तरुण दलसंग कुनैपनि अन्य भातृसंस्थासंग सहकार्य गरेर जान आवश्यक नपर्ने भन्दै आफूहरु सरकारले गरेका नराम्रा कुराहरुको समर्थन नगर्ने बताउदै सबै मिलेर देश निर्माण गर्दा तरुण दलको सहयोग रहीरहने भन्दै प्रधानमन्त्री बन्दा आफूहरुले बधाई समेत दिएको जानकारी समेत दिएका छन् ।
उनले देश र जनतालाई आवश्यक पर्दा सबैले तरुण दललाई सम्झिदा काँध थाप्न तयार रहेको बताउदै बिगतमा समेत हामीहरुले गरेको काम नजिर हुनसक्ने उनको बिश्लेशण छ ।