खेलकुद

पोखरा प्रिमियर लिगमा आज दुई खेल हुँदै

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा आज चितवन राइनोजले एक्स्पर्ट धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सको सामना गर्दैछ ।

पोखरा रंगशालामा बिहान ९ बजेदेखि सुरु हुने खेलमा कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई आजको खेल जित्नै पर्ने दबावमा छ । किनभने चितवनले यसअघिको दुई खेलमा हार ब्यहोरेको छ । यता, एक्स्पर्ट धनगढीले भने २ खेलमध्ये एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा सन्दीप लामिछानेको विराटनगर र सोमपाल कामीको बुटवलबीचको खेल दिउँसो १ बजेर १५ मा सुरु हुनेछ । सन्दीप लामिछानेको टिम विराटनगर लगातार ३ खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरी सकेको छ भने सोमपाल कामीको बुटवललले लगातार २ खेलमा जित हात पारेको छ ।

लिगको शीर्ष स्थानमा बुटवल रहेको छ । बुटवलले २ खेलमा शतप्रतिसत जित हात पार्दै २ अंक बनाउँदा ३ खेलबाट एक खेलमा हार र २ खेलमा जित हात पारेको पोखरा पल्टन दोस्रो स्थानमा छ । त्यस्तै, २ खेलमा शतप्रतिशत जित निकालेको काठमाडौं रोयल्स तेस्रो स्थानमा रहंदा धनगढी चौथो, पाँचौंमा विराटनगर र पुछारमा चितवन रहेका छन् ।