अन्तर्राष्ट्रिय

इटालीका प्रधानमन्त्री भारत भ्रमणमा

नयाँदिल्ली । इटालीका प्रधानमन्त्री जिसेप कोन्टे भारतको एकदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

इटालीका प्रधानमन्त्री भारत–इटाली प्रविधि सम्मेलनमा पनि सहभागी हुनेछन् । सम्मेलनमा हरितप्रविधि, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य सेवा, हवाई उड्डयन, शिक्षा र सांस्कृतिक सम्पदाका क्षेत्रमा पछिल्ला उपलब्धिका बारेमा छलफल र प्रदर्शनी हुनेछ । भारत र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षका अवसरमा इटालीका प्रधानमन्त्री कोन्टे भारत भ्रमणमा आएका हुन् ।