कर्णाली प्रदेश

जाजरकोटमा जीप पल्टिँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

जाजरकोट  । जाजरकोटमा मंगलबार बिहान जीप पल्टिँदा एकजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

कुशेगाउँपालिका ५ खुर्पामा बिहान साढे ६ बजे तिर भे १ ज ५५७ नम्बरको जीप पल्टिँदा चालक कमल परियारको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना भारतीय नागरिक घाइते भएका हुने । दुर्घटना भएको ठाउँ सदरमुकाम खलंगादेखि ३ घण्टा टाढा रहेको प्रहरीले जनाएको छ ।