पत्रपत्रिका

निर्मला हत्या प्रकरण: महेन्द्रनगरमा फेरि प्रदर्शन

कञ्चनपुर ।  बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबार महेन्द्रनगरमा प्रदर्शन भएको छ ।

दसैंका बेला स्थगित गरिएको प्रदर्शन स्थानीय महिला र पीडित परिवारले सोमबार फेरि सुरु गरेका हुन् । उनीहरूले चांँडो अपराधी पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।