मनोरञ्जन

गायिका कार्कीको स्वरमा ‘धेरै–धेरै’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । गायिका तथा मोडल सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै–धेरै’ बोलको गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल युटुबमार्फत सार्वजनिक भएको छ ।
यस अघी ‘मनको राजा’, ‘माया’ लगायत थुप्रै सुमधुर गीतबाट श्रोताको तथा दर्शकको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब च्यानल सिर्जना कार्की मार्फत सार्वजनिक गरेकी हुन ।

प्राय : सबै गीतमा कर्णप्रिय स्वको धनि गायिका कार्की यो पप रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छन् । गित संगित मार्फत चर्चा बटुल्दै गएकि गायिका कार्कीको यो गित हिट भएर चर्चा बटुल्ने प्रयासरमा रहेको छ ।

राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीत रहेको यस म्युजिक भिडियोमा ह्यान्ड टु ह्यान्ड क्र्यूको साथमा सिर्जनाले आफैले अभिनय गरेकी छन् । सो गीतलाई राम कुमार केसीले छायांकन गरेका हुन्,भने कोरियोग्राफी र निर्देशन राज महर्जनलेले गरेका गरेका हुन् । गीतमा टेकेन्द्र शाहको सम्पादन समेत रहेको छ ।

म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिकी गायिका कार्की आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताउछिन् ।

हेर्नुहोस भिडियो :