खेलकुद

भारत र पाकिस्तान सेमिफाइनलमा

काठमाडौं । साफ यु–१५ च्याम्पियनसिपमा भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका छन् । सोमबार भएको समूह चरणको अन्तिम खेलमा भूटानलाई ४ ० गोलले पराजित गर्दै भारत सेमिफाइनल प्रवेश गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले भुटानलाई ४–० गोल अन्तरले पराजित ग¥यो । खेलको चौँथो मिनेटमा भारतले पाउल सुभोको गोलबाट अग्रता लिएको थियो । ६६ औँ मिनेटमा सुब्बा कुसाङले भारतको अग्रतालाई दोब्बर पारे । ८३आंँ मिनेटमा पाउल सुभोले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० को स्थितिमा पु¥याएका थिए । दोस्रो हाफको अन्तिम मिनेटमा कुसाङले गोल गर्दै भारतले फराकिलो जित निकाल्यो ।

भारत र भुटान आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएका थिए । पाकिस्तान ६ अङ्कसहित समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ । भारत तीन अङ्कसहित उपविजेताको रुपमा सेमिफाइनल पुग्यो । भुटान भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो ।

सेमिफाइफाइलनमा अब नेपालले पाकिस्तान तथा भारतले बङ्गलादेशको सामना गर्ने छन् । सेमिफाइनलका खेल बुधबार हुनेछ । पहिलो सेमिफाइनलमा समूहको विजेता बङ्गलादेश र समूह ‘बी’ को उपविजेता भारतबीच खेल हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पाकिस्तान र समूह ‘ए’ को उपविजेता नेपालबीच खेल हुनेछ ।