समाचार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सभापती देउवा शिक्षण अस्पतालमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

सोमबार साझँ पूर्वप्रधानमन्त्री समेत रहेका सभापती देउवाले प्रधानमन्त्रीलाई भेटेर आफूले स्वास्थ्यलाभको कामना गरेको सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।

सामान्य रुघाखोकी र ज्वरोका कारण छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४ बजे शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।