खेलकुद

युगेन र सकुर दोश्रो चरणमा

काठमाडौँ । चाकुपाटका युगेन महर्जन र नागबहालका सकुर शाक्य “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता – २०७५”मा बिजयी सुरुवातका साथै दोश्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । महर्जनले दथुलंका सौरेन ब्यञ्जनकारलाई २१–१२ र २१– ७ ले तथा शाक्यले भिन्छेबहालका विशोन बज्राचार्यलाई २१–१०, २१–१८ले पराजित गरे । यस्तै प्रयाग पोखरीका पुजन चित्रकारले नागबहालका सम्यक शाक्यलाई २१–९, २१–१५ले, नागबहालका पुजन शाक्यले दथुलंका अमोघ शाक्यलाई २१–७, २१–११ले, ओकुबहालका सम्यक शाक्यले दथुलंका रहिस बज्राचार्यलाई २१–३, २ज्ञ–८ ले तथा नागबहालका परास्कृत शाक्यले दथुलंका रिभास बज्राचार्यलाई २१–१७, २१–१९ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरे ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ प्रयाग पोखरीका बिक्रम महर्जन र मिलन महर्जनको जोडीले दोश्रो जित निकालेका छन् । महर्जन जोडीले चाकुपाटका संजय धाख्वा र मनिल शाक्यको जोडीलाई २१–१०, २१–१५ ले पराजित गर्न सफल भए । यस्तै भिन्छेबहालका मनिष बज्राचार्य र सुजीत बज्राचार्यको जोडी कोबहालका बिदुर शाक्य र राकेश शाक्यको जोडी माथी हाबी भयो । बज्राचार्यको जोडीले शाक्यको जोडीलाई २१–९, २१–८ले हार चखाए । सुबहालका राजा बाबु महर्जन र राजेन्द्र महर्जनको जोडीले ओकुबहालका सुवोध शाक्य र संजय शाक्यको जोडीलाई २७–२५, २१–१० ले, गुईटोलका करिण महर्जन र ज्ञानेन्द्र महर्जनको जोडीले चाकुपाटका अरविन्द तण्डुकार र रोशन तण्डुकारको जोडीलाई २१–११, २१–१०ले, ओकुबहालका सुदेश शाक्य र बिक्रम शाक्यको जोडीले हखाका प्रतिक शाक्य र अमन शाक्यको जोडीलाई २१–१६, २१–११ ले, गुईटोलका सुमन डङ्गोल र कपिल महर्जनको जोडीले कोबहालका बुद्ध रत्न महर्जन र रमेश महर्जनको जोडीलाई १७–२१, २१–१५ र २१–१३ले, चाकुपाटका राजन शाक्य र राजेश मलेगोको जोडीले पिन्छेका सुरेन्द्र महर्जन र रुशाल महर्जनलाई २१–१८, २१–९ ले पराजित गर्दै अर्को चरणमा स्थान पक्का गरे ।

यसैगरि नागबहालका बिभुषण शाक्य र सन्त शाक्यको जोडीले इकालाकुका किरण चित्रकार र रोशन बज्राचार्यको जोडीलाई २१–१९ र २१–१९ को समान अन्तरले पराजित गरे । जित निकाल्ने क्रममा दथुलंका सन्नि डङ्गोल र सचिन डङ्गोलको जोडीले नागबहालका सहज शाक्य र सुजल शाक्यको जोडीमाथी १८–२१, २२–२० र २२–२० को कठिन जित हात पारे । भुबहालका बाबुराजा बज्राचार्य र उमङ्ग डङ्गोलको जोडीले ओकुबहालका निशेष शाक्य र राजु महर्जनको जोडीलाई २१–१७, २१–१९ले तथा दथुलंका शैलेन्द्र डङ्गोल र राजेश महर्जनको जोडीले चाकुपाटका सुमेश शाक्य र सुजन शाक्यको जोडीलाई २१–१९, ७–२१ र २१–१३ ले पाखा लगाउंदै अर्को चरण प्रवेश गरे ।