समाचार

अख्तियारद्वारा हवल्दारबिरुद्ध मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल–भारत सीमा बजारबाट भन्सार छली ल्याइएका सामान लैजान सहज बनाइदिने बहानामा सेवाग्राहीसँग रु ३० हजार घुस लिएको अभियोग उनीमाथि लागेको छ । बिगोबमोजिम जरीवाना असुल र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।