आर्थिक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नयाँ योजना

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि.को मोबाइल बैंकिङ्ग एप्लिकेशन  मार्फत क्वुएफएसको २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्रदान गर्ने योजना ल्याएको छ । उक्त योजना अन्र्तगत ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्मार्ट एप्लिकेशनको क्यू आर कोर्ड मार्फत क्वुएफएस कोटिकटको रकम भुक्तानी गर्दा २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्राप्त गर्नेछन् ।

राजधानीको दरबारमार्ग राइजिङ्ग मलमा रहेको  कोटिकट खरिदमा पहिलोपटक ग्लोबल आइएमई बैंककोक्यू आर कोर्ड ९त्तच् ऋयमभ०मार्फत रकम भुक्तानी हुन लागेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशहरुमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।