साहित्य

बलात्कारी पत्ता नलागे गृहमन्त्रीको जिन्दगी खोइ के जिन्दगी ?

*कविता*

समाजको लागी केहि नगरे जिन्दगी खोइ के जिन्दगी
धन भएर मन नभए जिन्दगी खोइ के जिन्दगी

सरस्वती बिना बिद्याको कुन खास अर्थ छ र
लक्ष्मीको लागि ज्यान दिन तयार हुने भएको छ मानिस

गीत, संगीत र प्रेममा नै संसार अडेको छ भन्छन्
बालिका निर्मलाको पीँडामा भावव्हील भएको छ मानिस

सरकार कहिले निलम्बन गर्छ, कहिले बर्खास्ती
बलात्कारी पत्ता नलागे गृहमन्त्रीको जिन्दगी खोइ के जिन्दगी

दैनिक हजारौं निर्मला बलात्कारको सिकार भईरहेका छन्
लाखौं बेरोजगारीले खाडीको तातो घाम सहन तयार छन्

शिक्षा, स्वास्थ्य पुरै व्यापारीकरण छ, नेपालको राजनीति झन
देश बिर्सेर पद र पैसालाई सबै महत्त्व दिदा आमाको रुयो मन

आफु, परिवार र समाजको लागि आफ्नो ठाउँबाट केहि गरौं
सबै शिक्षा र स्वास्थ्य फ्री बनाउने अभियानमा आजैदेखि लागौं

-बाबुराम आचार्य