समाचार

गौचनका हत्यारा रानासहित ३ जनालाई सिक्किमबाट लाग्यो हतकडी

काठमाडौँ । निर्माण व्यावसायी महासंघका तत्कालिन अध्यक्ष सरद गौचनको हत्यामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्त सहित तिनजना पक्राउ परेका छन् । मुख्य सुटर भनिएका अमर बहादुर राना सहित ३ जनालाई प्रहरीले सोमबार भारतको सिक्किमबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रानासँगै लोप्साङ लामा र रोशन बुढाथोकी रहेका छन् । बुढाथोकी घटनाको मुख्य योजनाकार रहेको प्रहरीको भनाई छ । पक्राउ परेका तिनै जनालाई केही बेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।

महासंघ अध्यक्ष गौचनको हत्यामा संलग्न रहेको आरोपमा गुण्डानाईके समिरमानश्रेष्ठ सहित व्यक्तीहरु प्रहरीको फन्दामा परिसकेका छन् । गौचनको शान्तीनगरमा आफ्नै गाडीभित्र गोली प्रहार गरी हत्या गरिएको थियो ।