समाचार

प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सुधार

काठमाडौँ । उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाको अपडेट सञ्चारमाध्यमलाई गराएका छन् । अपडेट अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको चिकित्सकले बताएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न मध्ये एक चिकित्सकले बताए । ज्वरो हटिसकेको र सास फेर्न सहज भएको ती चिकित्सकले जानकारी दिए । शरिरमा चिनीको असन्तुलन देखिएका प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले चिनिको मात्र समेत नियन्त्रणमा आएको छ ।

सिसियुमा राखेर उपचार भईरहेका प्रधानमन्त्री ओलीको अहिले केही बेरमा चिकित्सकको टोलीमा स्वास्थ्य परीक्षण गर्ने जानकारीमा आएको छ । छातिमा संकमण भएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।