काठमाडौँ । एक खबरका अनुसार, विश्वमा चर्चित छ कोलम्बियाको सोंब्रा नामको एक जर्मन सेफार्ड कुकुर । यस कुकुरले हालका दुई बर्षमा १ अर्ब रुपैयाँ बराबरको लागूऔषध तस्कर पक्राउ गराएको छ । लागूऔषधको ओसारपसार गर्नेहरूका लागि यो कुकुर बाधा बनेको छ । यही कुकुरबाट छुटकारा पाउनका लागूऔषध तस्करले लागि यो कुकुरमाथि रु। ७० लाख इनाम राखेका छन् ।
तस्करहरूले यो सन्देश फैलाउँदै कुकुरलाई जिउँदै या लास ल्याएमा यो इनाम दिने घोषणा गरेका हुन् । प्रहरीले नै यो खबर बाहिर ल्याएको हो । जर्मन सेफार्ड सोंब्रा पछिल्लो २ बर्षदेखि कोलम्बियाको प्रहरी विभागमा काम गर्दै आइरहेको छ र हालसम्म २४५ अपराधीलाई पक्राउ गराइसकेको छ । सोंब्राको अधिकाशं ड्यूटी एयरपोर्टमा पर्ने गर्दछ ।
सोंब्राले सन् २०१७ मा १।१ टन कोकिन बरामत गराएको थियो । प्रहरीले पनि यस कुकुरलाई विशेष सुरक्षाको व्यवस्था गरेको छ । यस कुकुरको उमेर ६ बर्ष रहेको बताइएको छ । अहिले यस कुकुरले सेलिब्रेटीको दर्जा हासिल गरेको छ । –एजेन्सी