मनोरञ्जन

चर्चित ग्ल्यामर्स फोटोग्राफर तामाङ म्युजिक भिडियोमा डेब्यु गर्दै

काठमाडौँ । चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत आउने भएका छन् । गायक उर्गेन लामाको नया गित ‘फुलको माला उनेर ‘ को नया म्युजिक भिडियो मार्फत चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङले भिडियोमा डेब्यु गरेका हुन् ।

उक्त म्युजिक भिडियोमा मोडल कुबेरलाइ नब मोडल ज्योति प्रसाइले साथ् दिएकी छिन् ।

भर्खरै मात्र काभ्रेको सुन्दर गाउ तेमालमा छायांकन सम्पन्न भएको म्युजिक भिडियो चाडैनै बजारमा आउने भएको छ । शब्द संगीत तथा स्वर गायक उर्गेन लामाको नै रहेको यस म्युजिक भिडियोलाइ गायक आफैले निर्देशन गरेका छन् भने छायाँकार ह्यारी महर्जनले छायांकन गरेका छन् ।