प्रदेश 1

विकृति हटाउन सुनसरीमा सडक नाटक

सुनसरी । सामाजिक विकृति र नकरात्मक सामाजिक सोचको विरुद्धमा सुनसरीको विभिन्न समुदायमा युवाले सडक नाटक प्रस्तुत गरेका छन् । सामाजिक समस्यालाई न्युनिकरण गर्न, महिलाहरुलाई सामाजिक प्रोत्साहन गर्ने उदेश्यले विभिन्न समुदायमा सडक नाटक प्रस्तुत गरेको युवा विकास केन्द्रको अरुण खड्काले जानकारी दिएका छन् ।

महिला र पुरुषमा समनता हुनु पर्छ भन्ने उदेश्यले “सहि हो मेरो समर्थन उनलाई” अभियान सँञ्चालन गरिएको छ । सुनसरीमा युवा विकास केन्द्रको समन्वयमा सडक नाटक सञ्चालन गरिएको थियो ।

हामी महिलाले पनि विभिन्न सेवा, अवसरहरु प्राप्त गर्नकोलागि घर बाहिर निस्कन पाउनु पर्छ, सचेत हुनु पर्छ समुदायका किशोरीहरुले बताएका छन् । हामी महिलाहरु समुदायमा धर्मसँस्कृति, अन्दविश्वास र परिवारको डरले घर भित्र वाधिएर वसेको थियौ अव हामी हाम्रा छोरी, वुहारीहरुलाई वाहिर निस्कन प्रोत्साहन गछौ स्थानियले बताएका थिए ।

सडक नाटकमा विशेषगरि मिलेर रोजगारीको विकल्पहरु सृजना गरौँ जहाँ महिलाले सुरक्षित र सम्मानित भई ढुक्कले काम रोज्न पाउनु पर्छ । सेवा र रोजगारको अवसरमा महिलाको योगदानको कदर गर्नपर्छ । सुचना, श्रोत र मौका पाएमा महिलाले गर्न नसक्ने के छ र जस्ता विषयहरुलाई उठान गरिएको छ ।