आर्थिक

नेपाल र मलेसियाबीच श्रमसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, मलेसिया जान अब १ रुपैया नलाग्ने

काठमाडौँ । नेपाल र मलेसियाबीच श्रमसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै अब नेपाली कामदारले निःशुल्क भिसामा मलेसिया जान पाउन भएका हुन् । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार सम्झौतापत्रमा एक बिशेष कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

श्रम सम्झौता अनुसार भिसा र भिसा प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाता कम्पनिले नै व्यहोर्नेछ । नेपाली कामदारले महिनाको ७ गते आफ्नो बैंक खातामा तोकिएको तलब जम्मा हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

मलेसिया जानका लागि नेपाली कामदारलाई कुनै पनि खर्च नलाग्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । कामदारका परिवारका सदस्यको मृत्यु भएमा १४ दिन बिदा पाईने जनाईएको छ ।