समाचार

म ठीक छु, मेरोबारेमा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद : प्रधानमन्त्री ओली

काठमाडौँ । आज बिहान ४ बजे त्रिुभुवन शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको पार्टी वरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शिक्षण अस्पताल पुगेका वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीले आफ्नो अवस्था सामान्य रहेको बताएका हुन् ।

म ठिकठाक छु, अहिले मेरो स्वास्थ्य अवस्था सामान्य छ, प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै नेता नेपालले भने । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालमार्फत प्रधानमन्त्रीले आफू ठिक रहेको र आफ्नो बारेमा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।