बाग्मती

रसुवामा टिपर दुर्घटना, दुईको मृत्यु, तीन घाइते

काठमाडौं । रसुवाको कालिका गाँउपालिका–४ अम्बासमा आइतबार राति टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

घटनामा चालकसहित ३ जना घाइते भएका छन्। बेत्रावतीबाट बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा ४ ख ८३६६ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा ट्रिपरमा सवार नौकुण्डा गाँउपालिका–३ का ४० वर्षीय कामी तामाङ र १५ बर्षीय प्रकाश तामाङ रहेका छन्।

उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ। घाइते भएका चालक रसुवा नौकुण्ड गाँउपालिका–३ का २१ वर्षीय जिव राम थोक्रर ट्रिपरमा सवार ३५ वर्षीय सार्की लामा र उनका ११ वर्षीय छोरा अदित तामाङलाई उपचारको लागि काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पताल ल्याइएको छ।

घाइते मध्ये सार्की लामाको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ।