खेलकुद

मेयर कप महिला फुटबल प्रतियोगिता शुरु

भोजपुर । प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि भोजपुरमा शुरु भएको छ । प्रतियोगितामा छ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टोलीले नगद रु ५० हजार ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले पनि नगद रु ३० हजार ट्रफी, पदक प्रमाणपत्र पाउने जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीन सुवालले जानकारी दिए ।

आज भएको पहिलो खेलमा मातृभूमि कृषि फर्मले टेम्केमैयुङ गाउँपालिकालाई ४–० ले पराजित गरेको र दोस्रो खेलमा भोजपुर नगरपालिका–१० भैँसीखाले रिमाचुङ स्पोटर्स एकाडेमीलाई २–० ले पराजित गरेको छ ।

त्यसैगरी भोलि टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिका ११ आम्तेक तथा हतुवागढी गाउँपालिका र रीमाचुङ स्पोर्टस एकाडेमी भिड्दै छन् । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा सञ्चालन गरिएको हो ।