समाचार

महानिरीक्षक खनालद्वारा डिआईजी भण्डारीप्रति समवेदना

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीको सडक दुर्घटनामा परी निधन भएकोमा प्रहरी सङ्गठन मर्माहित भएको बताउँदै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

काभ्रेको मण्डनदेउपुरमा शनिबार भएको जीप दुर्घटनामा ज्यान गुमाएका जीवन पराजुली र विनोद कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।