समाचार

राष्ट्रपतिद्वारा ट्रोङलाई बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भियतनामका राष्ट्रपतिको पदभार ग्येन फु ट्रोङले सम्हालेकोकामा हार्दिक बधाई ज्ञापन गरे । राष्ट्रपति भण्डारीले आफ्ना भियतनामी समकक्षीलाई आज पठाएको बधाई सन्देशमा नेपाल र भियतनामबीचको विद्यमान सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

सन्देशमा उनले राष्ट्रपति ग्येनको कार्यकालमा दुई राष्ट्रबीचको सम्बन्ध दुवै देशका जनताका बृहत्तर हितमा उपयोग हुने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति भण्डारीले नेपाल र भियतनामबीचको पारस्परिक, मैत्री र सहयोगलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति ग्येनसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू इच्छुक रहेको बताए ।