समाचार

उपराष्ट्रपतिले जलपान आयोजना गर्ने

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, नेपाल संवत् एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा जलपान समारोहको आयोजना गर्ने भएका छन् ।

उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा यही कात्तिक १६ गते अपराह्न २ बजे समारोह आयोजना गरिने उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । चियापानका लागि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको पनि समारोहमा उपस्थिति हुने उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।