प्रवास

रक्सीले मात्तिएर ४ जना नेपाली चेलीमाथि नेपाली चेलीकै छुरा प्रहार, एकको ज्यान गयो, तिनको अवस्था गम्भीर

काठमाडौँ । युएईको एक कम्पनिमा काम गर्दै आएका नेपाली चेलीहरुबीच आपसी गम्भीर झगडा हुदाँ एकजनाको ज्यान गएको छ । नुवाकोटकी सोनी तामाङ्कले आफ्ना चारजना साथीमाथि छुरा प्रहार गर्दा एक जनाको घटनास्थलमै ज्यान गएको हो ।

आबुधाबीस्थित नेपाली राजदुतावासका अनुसार मृत्यु हुनेमा काठमाडौँकी सिर्जना बराल रहेकी छन् भने घाईतेहरुमा सलिना मगर, आशा दर्जी र ममता चौधरी रहेका छन् । घाईतेमध्ये ममता चौधरीको अवस्था चिन्ताजनक रहेको र उनको उपचार आईसियुमा बताईएको छ । छुरा प्रहार गर्ने सोनीलाई प्रहरीले छुरासहित नियन्त्रणमा लिएको छ ।

गत हप्ताको बिहिबार राती मादक पद्धार्थ सेवन गरेपछि झगडा सुरु भएको र त्यसको केही समयपछि झगडाले उग्र रुप लिएपछि सोनीले साथीहरुमाथि छुरा प्रहार गरेकी थिईन् । छुरा प्रहार गर्ने सोनीमाथि अनुसन्धान चलिरहेको र अनुसन्धान सकिएपछि उनलाई त्यहाको कानुन अनुसार नै सजाय हुने बताईएको छ । त्यहाको कानुन अनुसार सोनीलाई मृत्युदण्ड अथवा ब्लडमनीको सजाय हुनेछ ।