आर्थिक

कोका-कोला नेपालले वोर्ल्ड विथआउट वेस्ट तिर अर्को कदम चाल्यो

काठमाडौं । आफ्नो रणनीतिक ध्यानका साथ, रिसाइकिलिंग र फोहोर व्यवस्थापनमा कोकाकोलाले नेपालमा आफ्नो पीईटी बोतल पुनःप्राप्ति परियोजनाको विस्तार गरेको छ । यस पहलको भागको रूपमा, कोकाकोला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुर चितवन नजिकै एक नयाँ पीईटी पुनःसंकलन केन्द्र स्थापित गर्ने भएको छ ।

कोकाकोला नेपालमा आफ्नो वर्तमान पीईटी फोहोर रिकवरी प्रयासमा गति प्रदान गर्न परियोजनामा लगभग २७०,००० डलर लगानी गर्ने योजना बनाएको छ । क्रिएसनसंगको साझेदारीमा यो परियोजनाले स्थानीय नगरपालिका, व्यापार प्रतिष्ठान, नागरिक र फोहोर संकलनहरुसंग सहयोग लिदै नेपाललाई पीईटी फोहोर पुनःसंकलनको समाधान खोज्नतर्फ अनुकरण गरेको छ ।

यस पहलमा बोल्दै, कोकाकोला कम्पनिका एशिया प्रशांत क्षेत्रका अध्यक्ष जन मर्फीले भने, “नेपालमा वोर्ल्ड विथआउट वेस्ट सुरुवात गर्नका लागि आफ्नो प्रतिबद्धता बिस्तार गर्दा मलाई एकदम खुशी लागेको छ । हामी हाम्रो पुनःसंकलन र फोहोर व्यवस्थापनको प्रयासहरूलाई अझै बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम जारी गरिरहने छौ ।”