प्रदेश 2

कारको ठक्करबाट घाइते वृद्धाको मृत्यु

सप्तरी । कारको ठक्करबाट घाइते कञ्चनपुर नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च ८११६ नं को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनपुर नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । उनको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।