राजनीति

काङ्ग्रेस एक ढिक्का भएर अघि बढ्छः नेता गच्छदार

विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पार्टी अब एक ढिक्का भएर भएर अगाडि बढ्ने बताएका छन् । नेपाली काङ्ग्रेसको मोरङ क्षेत्र नं ५ ले मोरङको धनपालथान दाँदर बैरियामा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले तल्लो तहबाट विवाद र गुटगत राजनीति त्यागेर विधान तथा विधिसम्मत राजनीति गर्न सुझाव दिए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, सांसद डा डिला सङ्ग्रौला, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीलगायतले पार्टीमा देखिएको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।