समाचार

जिप दुर्घटनामा परि डिआईजी भण्डारी सहित तीनको निधन

काभ्रे । बा ३ च २८७ नम्बरको जिप दुर्घटना हुँदा नेपाल प्रहरीका बहालवाला डिआईजीसहित तीनको निधन भएको छ । मण्डनदेउपुरमा सवारी दुर्घटनामा परि तीनको मृत्यु भएको र अन्य ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
ढकालथोकमा जीप दुर्घटना हुँदा डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको निधन भयो । घाईते ३ जनाको धुलिखेल अस्पतालमा उपचा। भईरहेको बताईएको छ ।