सामाजिक सञ्जाल

गजलकार अनुरागको मुक्तकः बिहे गरेकी भुपु प्रेमिलाई बेलाबेला भेटेर आउँछ

*मुक्तक*

आखिर अप्ठ्यारो पनि जिन्दगी एकफेर आउँछ।
उ तपाईंको नजिक आउदा आफ्नै सोचेर आउँछ।
******
गाउँबाट शहर जादा मैलो लुगामा गएको छ छोरा।
पख्नुहोस दुई बर्षमा तपाईंको छोरा बद्लेर आउँछ।
******
स्वदेशमा केही छैन भनेर बिदेश हिड्यो बिचरा।
बिदेशमापनि त दुख छ कमसेकम देखेर आउँछ।
******
कहाँ सम्म जादो रहेछ बच्चालाई जान दिनुहोस।
एकदिन पक्कै बा आमा,जन्मे घर सम्झेर आउँछ।
******
क्या अनौठो क्या गजबको प्रेम छ त्यो फलानोको।
बिहे गरेकी भुपु प्रेमिलाई बेलाबेला भेटेर आउँछ।
******
बिजय कुमार शाह ‘अनुराग’