सामाजिक सञ्जाल

नेबिसंघ अध्यक्ष महरको दाबी: निर्मला पन्तको बलात्कार/हत्यामा ठूलाबडाकै संलग्नता छ

काठमाण्डौ । नेबिसंघका अध्यक्ष नैनसिंह महरले निर्मला पन्तको बलात्कार र हत्यामा ठूला बडाहरुकै हात हुनसक्ने बताएक हुन् । पञ्चायतकालमा नमिता र सुनिालाई बलात्कारपछि हत्या भएको घटनासँग जोड्दै उनले १३ बर्षीया किशोरीको हत्यान हुंदा प्रशासनले दोषी पत्ता लगाउन नसक्नु दुःखदायी भएको बताउदै गरिबदुखीलाई ओली सरकारले न्याय दिन नसकेको ब्यंग्य गरेका छन् । आफ्नो फोसबुकमा लेख्दै प्रहरी सक्षम भएपनि ठूलाबडाहरुको घटनामा संलग्नता भएपछि निरिह बनेको हुनसक्ने आकलन समेत गरेका छन् । उनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्,

“नमिता ,सुमिता सोह्र वर्षें केटीको
पोखराको गंगाजीमा लास भेटीयो”
हामी स्कूले विद्यार्थी हुदा राजाको संरक्षकत्वमा चलेको पंचायती शासनको कर्तुतको पर्दाफाश गर्न गाँउ–शहरमा गाईने पंचायत विरोधी जनजागरण गित थियो यो ।
अस्कल क्याम्पसमा अध्यनरत दुई वहिनी लाई पराजुली थरकी एक महिलाले पोखरा लगेको र ठुला वडा ले वलत्कार पछि हत्या गरी सेती नदीमा लाश फालेका थिए । सेतीको किनारमा लास त फेला पर्यो तर हत्यारा जेल परेन किनकी वलत्कारी हत्यारा अनुसन्धान गर्दै जादा दरवारीया र पंचहरु अपराधी किटान हुने भए पछि दरवारीया जेल हाल्ने हिम्मत तत्कालीन प्रहरी प्रशासनले गर्न नसकेको समकालीन पुस्ताका अग्रजहरु वताउछन ।
निर्मला पन्त को पनि वलत्कार पछि हत्या हुनु र लाश पनि फेला पर्नु तर अपराधी फेला नपर्नु भनेको कतै शासन – प्रशासनमा वसेका ठूलावडाहरुको पहुँचका अगाडी नमिता, सुमिता काण्डमा जस्तै प्रहरी प्रशासन नीरिह वनेको हो कि ? यो विचारणीय प्रश्न वनेको छ ।