मनोरञ्जन

रेखाको बहुप्रतिक्षित हेर्नैपर्ने चलचित्र ‘मालिका’ देशव्यापी प्रदर्शनमा आउन मात्र अब ५ दिन बाँकी !

काठमाडौँ । नेपाली सिनेक्षेत्रकी नक्षत्र महानायिका रेखा थापा अभिनित बहुप्रतिक्षित नेपाली चलचित्र ‘मालिका’ प्रदर्शनको अब मात्र ५ दिन बाँकी रहेको छ । पछिल्लो समय ह्वात्तै बढेको बलात्कार र नारीमा हुनुपर्ने साहस र हिम्मतको चित्रण गरिएको चलचित्र ‘मालिका’ कार्तिक १६ गते देखि देशव्यापी प्रदर्शनमा आउन लागेको हो ।

रेखा फिल्म्सको प्रस्तुतीमा रहेको चलचित्र मालिकामा सरस्वती थापा र नर कार्कीले लगानी गरेका छन् । उक्त चलचित्रलाई स्वंय नायिका थापाले निर्देशन गरेकी छन् । मालिकालाई एक पटक हेर्नैपर्ने चलचित्रको संज्ञा दिईएको छ । मालिका बालक देखि बृद्धसम्मले हेर्नैपर्ने चलचित्र भएको निर्देशक एवम् सो फिल्मकी नायिका थापाको दाबी छ ।

चलचित्रमा रेखासँगै कमला,नर बहादुर कार्की, आर्जु ढुंगाना, किरण थापा, कोपिला थापा लगायतको मुख्य भूमिका रहेको छ ।

ट्रेलर:-