अन्तर्राष्ट्रिय

पाकिस्तानी सैनिक अदालतद्धारा १४ आतङ्ककारीलाई मृत्युदण्डको फैसला

इस्लामावाद । पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय समयमा हिंसात्मक गतिविधि गरिरहेका १४ जनालाई आतङ्ककारीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।

उनीहरुका क्रियाकलाप आतङ्ककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै ती १४ जनाका विरुद्ध सैनिक अदालतमा सुनुवाई भएको थियो । शनिबार इस्लामावादस्थित सैनिक अदालतले यस्तो आदेश दिएको हो । उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतङ्ककारी सजाय कानुनअनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ ।

सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सैनिक प्रमुख जर्नेल क्वामार जाभेद बाजवाले जानकारी दिएका हुन् । पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालयले शनिबार सो समाचारको पुष्टि गरेको हो । उक्त कार्यालयले सैनिक प्रमुख जर्नेल क्वामालाई उद्धृतगर्दै जनाएको छ ।

ती १४ जना विगत लामो समययतादेखि पाकिस्तानी सेनाका अधिकृतिहरुमाथि आक्रमण गर्ने, कैयौँ पाकिस्तानी सर्वसाधारण नागरिकको ज्यान लिने, शिक्षण संस्थाहरुमा आक्रमणगरी देशको भौतिक संरचनामा क्षति पु¥याउनेजस्ता क्रियाकलापमा संलग्न रहेको पाइएको बताइएको छ ।

उनीहरुले विगतमा पाकिस्तानका कम्तीमा पनि २२ जना नागरिकको हत्या गरेका थिए । यसरी हत्या भएकामा तीन जना सर्वसाधारण नागरिक र अरु १९ जना सुरक्षा निकायका अधिकारीहरु रहेका थिए ।

उनीहरुले विस्फोटक पदार्थ पड्काएर देशको भौतिक सम्पत्ति पनि नष्ट गरेका थिए । ती सबै आरोपमा भएको अदालती सुनुवाईमा उनीहरुको आरोप प्रमाणित भएको थियो ।

ती सबै १४ जना आतङ्ककारी नै रहेको र पाकिस्तानमा प्रतिबन्धित समूहका सदस्य भएर लामो समयदेखि काम गरिरहेको खुलेको सैनिक जनसम्पर्क कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरुले आपूmमाथि लागेको आरोप स्वीकार गरेका पनि सो विज्ञप्तिमा जनाइएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ । –एजेन्सी