लुम्बिनी

विद्यालयमा आगो दन्किएपछि…

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ ।

गए राति आगलागी भए पनि आज बिहान ६ः३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले बताए । उनले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा भाइ सागर पाण्डेलाई दिएका थिए ।

सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको हो । आगलागीबाट करीब रु आठ लाख बराबरको क्षति भएको र विद्युत् सर्ट भएर आगलागी भएको पाण्डेले बताए ।

आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर, कागजपत्र जलेका छन् ।