राजनीति

तरुण दल ६५ औं बार्षिकोत्शव- अध्यक्ष बस्नेत भन्छन्, ‘लोकतन्त्रका लागी ज्यान दिन तयार छौं’

काठमाण्डौ । नेपाल तरुण दलले आफ्नो ६५ औं स्थापना दिवश भब्य रुपमा मनाएको छ । आज माउ पार्टी नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलले चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरि मनाएको छ ।

हजारौंको संख्यामा काँग्रेस कार्यकर्ताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधी, महामन्त्री डा. शसाँक कोईराला, महामन्त्री पूर्णबहादुर खड्का लगायत केन्द्रीय नेताहरुले सम्बोधन गरेको कार्यक्रममा अध्यक्ष बस्नेतले तरुण दलले दैनिक गतिबिधि लगायत ७७ वटै जिल्लामा आफ्ना प्रशिक्षण कार्यक्रमहरु सफलता पूर्बक पूर्ण रुपमा सम्पन्न गरेको जानकारी दिएका थिए । अध्यक्ष बस्नेतले माऊ पार्टीको निर्देशन अनुसार लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि स्थापना कालदेखी लागेको तरुण दल हाल सम्म सङ्गठीत भएर लागी परेको बताउदै आफूहरु लोकतन्त्रका लागी जिउज्यान दिन तयार रहेको प्रतिबद्धता दर्शाएका थिए ।

कार्यक्रममा तरुण दललले ढुकढ ुकीका रुपमा लिने गरेका केन्द्रइस सदस्य बालकृष्ण खाँण, पूर्ब तरुण अध्यक्ष उदय शम्सेर राणा, महेन्द्र यादब, उपाध्यक्ष उत्तम चापागाईं लगायत तरुण नेताहरुको उपस्थिति रहेको थियो भने महासचिब भूपेन्द्रजंग शाही बेलायतमा रहेका कारण कार्यक्रममा देखिएनन् ।

कार्यक्रम उपस्थिति हेर्दा आगामी काँग्रेसको भबिश्य राम्रो देखिएको थियो ।