गण्डकी प्रदेश

बर्दियाबाट काठमाडौंका लागि छुटेको बस नवलपरासीमा दुर्घटना, ११ घाइते

नवलपरासी । बर्दियाबाट काठमाडौंका लागि छुटेको बस शनिबार बिहान नवलपरासीमा दुर्घटनामा परेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोलमा शनिबार बिहान  बस दुर्घटना हुँदा एघार  जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४ ३९ नम्बरको बस सडक छेउमा  रोकिराखेको ना ६ ख ५९२ नम्रबरको ट्रकमा ठोक्किँदा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परि घाइते भएका ११ जनाको  नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइते सबैको अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको नाम, ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।